नयाँ दिल्ली । भारतमा ५४३ लोकसभा सिटको मतगणना सुरु भएको छ। पहिले हुलाक मतपत्रको गणना भइरहेको छ । त्यसपछि ईभीएम खोलिनेछ।
अबको दुई घण्टामा नयाँ सरकारको स्थिति लगभग स्पष्ट हुनसक्छ । प्रारम्भिक रुझानमा, भाजपा नेतृत्वको एनडीएको २३१ सिटमा अगाडि छ, कंग्रेस नेतृत्वको ईन्डिया १३९ सिटमा अगाडि छ।
गत १६ मार्चमा, निर्वाचन आयोगले ७ चरणमा लोकसभा सिटहरूको लागि मतदानको मिति घोषणा गरेको थियो। अप्रिल १९ बाट सुरु भएको मतदान जुन १ मा सकिएको थियो । ४४ दिनको यो निर्वाचन सन् १९५२ पछिको सबैभन्दा लामो थियो।
सन् १९५२ मा ४ महिना चुनाव चलेको थियो । जुन १ मा जारी १२ प्रमुख एक्जिट पोल अनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने देखिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु