नयाँ दिल्ली । भारतमा ५४३ लोकसभा सिटको मतगणना सुरु भएको छ। पहिले हुलाक मतपत्रको गणना भइरहेको छ । त्यसपछि ईभीएम खोलिनेछ।
अबको दुई घण्टामा नयाँ सरकारको स्थिति लगभग स्पष्ट हुनसक्छ । प्रारम्भिक रुझानमा, भाजपा नेतृत्वको एनडीएको २३१ सिटमा अगाडि छ, कंग्रेस नेतृत्वको ईन्डिया १३९ सिटमा अगाडि छ।
गत १६ मार्चमा, निर्वाचन आयोगले ७ चरणमा लोकसभा सिटहरूको लागि मतदानको मिति घोषणा गरेको थियो। अप्रिल १९ बाट सुरु भएको मतदान जुन १ मा सकिएको थियो । ४४ दिनको यो निर्वाचन सन् १९५२ पछिको सबैभन्दा लामो थियो।
सन् १९५२ मा ४ महिना चुनाव चलेको थियो । जुन १ मा जारी १२ प्रमुख एक्जिट पोल अनुसार भाजपाले लगातार तेस्रो पटक सरकार बनाउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?