काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री बर्षमान पुनले वक्तव्य सहित आर्थिक बर्ष २०८१/८२को राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
लगतै राजस्व र व्ययको बार्षिक अनुमान माथि छलफल प्रारम्भ हुने छ । यसअघि शनिबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेटमा रहेका कमीकमजोरी औल्याउन एमाले सांसदहरुलाई निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले सरकारले परामर्ष नगरी बजेट प्रस्तुत गरेको भन्दै बजेटमा महत्वपूर्ण विषयहरु छुटेको र कतिपय अवस्थामा सन्तुलित पनि नभएको भन्दै छलफलमा नमिलेका कुराहरु उठाउन एमाले सांसदहरुलाई निर्देशन दिएका हुन् । नेकपा माओवादी संसदीयदलको पनि शुक्रबार नै बैठक बसेर बजेट माथिको छलफल प्रभावकारी बनाउन निर्देशन भैसकेको छ ।
संबैधानिक व्यवस्था अनुसार जेठ १५ गते संयुक्त सदनको बैठकमा सरकारले आर्थिक बर्ष २०८१-८२को राजस्व र व्ययको बार्षिक अनुमान बजेट प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको छ। आजदेखि सोही बजेट माथिको छलफल प्रारम्भ गर्न बैठक बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० जेठ २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर