नयाँ दिल्ली । भारतमा लोकसभाको निर्वाचन अन्तिम चरणमा पुगेको छ । शनिबार सातौँ तथा अन्तिम चरणको चुनाव हुन लागेको हो ।
बिहीबार देशका सात राज्यमा ५७ सिटमा मतदान भएको थियो । यस मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी गृहमन्त्री अमित शाह, कंग्रेसका सांसद राहुल गान्धी आदिको निर्वाचन क्षेत्रमा मतदान भएको थियो ।
शनिबारको निर्वाचनसँगै डेढ महिना लामो मतदान सकिनेछ । शनिबार पन्जाबको १३ सिट, हिमाञ्चलमा चार सिट, उत्तर प्रदेशमा १३ सिट, पश्चिम बङ्गालमा ९ सिटमा मतदान हुनेछ । बिहारमा ८ सिट, ओडिसामा ६ सिट अनि झारखन्डमा ३ सिटमा पनि सोही दिन मतदान हुनेछ ।
यस निर्वाचनमा वारणासीबाट प्रधानमन्त्री नरेन्द्र मोदीले उम्मेदवारी दिएका छन् । उनी तेस्रो पटक पनि प्रधानमन्त्री बन्ने दाउमा छन् ।शनिबारको मतदानमा भाजपाका संघीय मन्त्री अनुराख ठाकुर हिमाचलको हामिरपुरबाट उठेका छन् । अभिनेत्री कङ्गना रनावत प नि भाजपाको मन्डी सिटमा उठेकी छन् ।
भाजपाले गोरखपुरबाट अभिनेता रवि किशनलाई उठाएको छ । अप्रिल १९ देखि मे २५ सम्म चलेको छ चरणको मतदानमा २८ राज्यका ४८६ सिटमा मतदान भएका छन् । यी क्षेत्रमा ६२ दशमलव २ प्रतिशतदेखि ६८ दशमलव १६ प्रतिशत मत खसेको छ ।
यसैबिच प्रधानमन्त्री मोदी कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा २ दिनसम्मको ध्यानमा बसेका छन् । मोदी त्यहाँ जुन १ सम्म ध्यानमा रहनेछन् । यस बिचमा उनले तरल पदार्थ मात्रै खाने बताइएको छ । मोदीको यस ध्यानलाई धेरैले चासो दिएर हेरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ जेठ २०८१, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?