काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सदनमा कांग्रेसले गरिरहेको नाराबाजी औचित्यहीन भएको बताएका छन् । कांग्रेस सांसदले नाराबाजीका बीच जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले ६५ वर्ष अगाडि बीपी कोइरालाले स्थापित गरेको मानकलाई आजको अवस्थाले लज्जित बनाएको टिप्पणी गरे ।
सांसद वाग्लेले भने, ‘असहज वातावरणमा यसरी गरिमामय संसदमा उपस्थित भएर बोल्नुपर्ला जस्तो मलाई लागेको थिएन । ६५ वर्षअगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, सबैका प्रेरणा, मेरा राजनीतिक आदर्श बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्याउनलाई यो लज्जास्पद, औचित्यहीन विरोधप्रति घोर खेद छ ।’
उनले सो अभिव्यक्ति दिइरहँदा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका थिए । केही सांसदले चर्को आवाजमा होहल्ला समेत गरे । सभामुख देवराज घिमिरेले समेत विषयवस्तुमा आफ्ना कुरा राख्न उनको ध्यानाकर्षण गराएका थिए ।
वाग्लेले संसदको ओझ र गरिमालाई असान्दर्भिक बनाउने भन्दा पनि सहकारी पीडितको समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘समिति बनाउनका लागि सहमति भइसकेको छ । टीओआरमा नेगोसेसन चल्दा चल्दै विरोध किन ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ जेठ २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित रिट दायरका लागि सर्वोच्चमा
रास्वपाका सबै सांसदले राजीनामा दिने
फिनल्याण्डका युवा सांसद संसद्भित्रै मृत भेटिए
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग