काठमाडौँ । नेकपा एमालेका सांसद विनोदकुमार शाहले कृषि मन्त्रालय नै लिएका छन्। यसअघि आफैले शपथ बहिष्कार गरेको उक्त मन्त्रालयमा बुधबार उनी नियुक्त भएका हुन्।
शाहले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई मुख्यमन्त्री यामलाल कँडेलले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। गत वैशाख १८ गते कर्णाली प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिँदा पनि मुख्यमन्त्रीले उनलाई सोही मन्त्रीमा नियुक्त गरेका थिए। आफूसँग समन्वय नगरेर मन्त्रालय बाँडफाँट गरेको भन्दै शपथ बहिष्कार गरेका थिए।
शाहले शपथ बहिष्कार गरेपछि कृषि मन्त्रालय खाली थियो। मुख्यमन्त्री कँडेलले मन्त्री पदको शपथ नलिएका शाहलाई जेठ २ गते मन्त्रिपरिषदबाट हटाएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ जेठ २०८१, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न