काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभामा टेबल गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा मर्यादापालकको सुरक्षा लिएर प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम टेबल गरेका हुन् ।
जेठ १ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।
सभामुखले प्रधानमन्त्रीलाई रोस्ट्रममा लैजान मर्यादापालकलाई निर्देशन दिएपछि संसद्मा कांग्रेसले ‘संसदीय मर्यादा कायम गर’को नारा लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी
प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित