काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभामा टेबल गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा मर्यादापालकको सुरक्षा लिएर प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम टेबल गरेका हुन् ।
जेठ १ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।
सभामुखले प्रधानमन्त्रीलाई रोस्ट्रममा लैजान मर्यादापालकलाई निर्देशन दिएपछि संसद्मा कांग्रेसले ‘संसदीय मर्यादा कायम गर’को नारा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ जेठ २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर