काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेस सडकमा पनि निस्किएको छ । निरन्तर सदन अवरुद्ध आइरहेको कांग्रेसले भ्रातृ संगठनहरूलाई सडकमा उतारेको हो ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।
आजै बिहान नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको थियो । राज्यको मिलोमतोमा गृहमन्त्रीलाई जोगाउन खोजेको कांग्रेसका भ्रातृ संगठनको आरोप छ । महामन्त्री गगन थापाले सदनबाट मात्रै नभए सहकारी पीडितहरूको पक्षमा कांग्रेस सडकमा जान तयार रहेको यसअघि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालद्वारा ललितपुरमा मतदान
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री