काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेस सडकमा पनि निस्किएको छ । निरन्तर सदन अवरुद्ध आइरहेको कांग्रेसले भ्रातृ संगठनहरूलाई सडकमा उतारेको हो ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने, संसदीय समिति बनाइनुपर्ने, बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेलगायतका माग तरुण दलको छ । माइतीघरमा भेला भएका तरुण कार्यकर्ताको र्याली बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो ।
आजै बिहान नेविसंघले त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको थियो । राज्यको मिलोमतोमा गृहमन्त्रीलाई जोगाउन खोजेको कांग्रेसका भ्रातृ संगठनको आरोप छ । महामन्त्री गगन थापाले सदनबाट मात्रै नभए सहकारी पीडितहरूको पक्षमा कांग्रेस सडकमा जान तयार रहेको यसअघि बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीको नाममा धम्क्याउनेलाई नियन्त्रणमा लिने गृहमन्त्रीको चेतावनी
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेट
गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेट
सीआईबीमा पुगेर गृहमन्त्रीले किन यस्तो भने ?
प्रहरीलाई गृहमन्त्रीले भने - म अहिंसावादी हुँ, तपाईँहरू पनि त्यसैगरी पेश हुनुस्
उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह