काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् ।
२८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।
फेसबुकमा ‘फ्लावर सप नगया’ नामको आइडी बनाएर म्यासेन्जरमार्फत जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फयाक्ट्रीमा रोजगारीका लागी पठाउँछु भनेर उनले रकम असुलेकी हुन् ।पीडितहरूसँग रकम असुलेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कुलेश्वर हाइटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान