काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले कृषिको प्रचुर सम्भावना हुदाहुदै पनि देश पर निर्भर भएकोमा दुख व्यक्त गरे ।
उनले नेपालमा पर्यटनको विशाल सम्भावना रहेको, पिउने शुद्ध पानीे निर्यात गर्न सकिने औंल्याए । नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै अध्यक्ष नेपालले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्न ढिलाई भइसकेको बताीए ।
अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताउदै नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रुपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने तर्क गरे।
गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड
प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल
राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव