काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले कृषिको प्रचुर सम्भावना हुदाहुदै पनि देश पर निर्भर भएकोमा दुख व्यक्त गरे ।
उनले नेपालमा पर्यटनको विशाल सम्भावना रहेको, पिउने शुद्ध पानीे निर्यात गर्न सकिने औंल्याए । नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै अध्यक्ष नेपालले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्न ढिलाई भइसकेको बताीए ।
अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताउदै नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रुपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने तर्क गरे।
गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह