काठमाडौँ । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।
यस अनुसार रु. १८ मा १ दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध हुने छ भने रु. ३५ मा २ घण्टा सम्म प्रयोग गर्न सकिने अनलिमिटेड डाटा प्याक उपलब्ध हुने प्रवक्ता हरि ढकालको भनाइ छ । यी वाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् ।
नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुनेछ ।
यस्तै नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा एक घण्टा भ्वाइस र डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिन सम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी वाहेक रु. ३९९ मा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको ढकालले जानकारी दिए ।
जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको पनि कम्पनीको भनाइ छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । स्प्रिङ अफर आजदेखि लागु भएको ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
नेपाल टेलिकमको नाफा ४८ प्रतिशत घट्यो
नेपाल टेलिकमको नेटवर्कमा समस्या
नेपाल टेलिकमको सहायक लेखा अधिकृत पदका उम्मेदवार सिफारिस
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने