लुम्बिनी योजना आयोगका उपाध्यक्ष केसीले दिए राजीनामा

सफल खबर संवाददाता

सोमबार, २६ चैत्र २०८०, १६ : २४
लुम्बिनी योजना आयोगका उपाध्यक्ष केसीले दिए राजीनामा

देउखुरी । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री जोखबहादुर महरालाई सोमबार राजीनामा पत्र बुझाएका छन् ।

सरकार परिवर्तन भएसँगै उनी आयोगबाट बाहिरिएका हुन् । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्षमा डा. केसीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता बसेको २०८० वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।

उनीसँगै आयोगका सदस्यहरू डा. सुरजकुमार वली, सरोज खनाल र गीता केसीले पनि राजीनामा दिएका छन् ।