काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य पुनः समायोजन गर्दै वृद्धि गरेको छ। नयाँ दर बुधबार राति १२ बजेदेखि लागू हुने गरी निर्धारण गरिएको निगमले जनाएको छ।
समायोजनअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरिएको छ। नयाँ दर लागू भएसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम भएको छ।
यसैगरी डिजेल र मट्टितेलको हकमा पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०८२, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
घट्यो पेट्रोलियम पदार्थको मूल्य
बढ्यो पेट्रोलियम पदार्थको मूल्य