काठमाडौं। नेपाल टेलिकमले कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन पीएसटीएन सेवालाई फाइबर टू दी होम (एफटीटीएच)मा स्तरोन्नति गरेको छ ।शुक्रवार दूरसञ्चार कार्यालय सुनधारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी ‘अर्याल’ले कपर प्रविधिको टेलिफोन सेवा बन्द गरिएको जानकारी दिएकी हुन् ।
कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडीएसएल लाइनहरू पूर्ण रुपमा बन्द गरेर आधुनिक फाइबर प्रविधिको एफटीटीएच नेटवर्क शुरू गरिएको उनले जानकारी दिइन्।
कम्पनीका अनुसार दूरसञ्चार कार्यालय सुनधाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा रहेका कपर प्रविधिमा आधारित पीएसटीएन सेवालाई एफटीटीएचमा स्तरोन्नति गरिएको छ ।
कार्यक्रममा निर्देशक अर्यालले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरूप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन् ।
एफटीटीएच प्रविधिमा माइग्रेसन भइसकेपछि अब ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा लिन सक्नेछन् ।साथै यो सेवा ग्राहकहरूका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
नेपाल टेलिकमको नाफा ४८ प्रतिशत घट्यो