काठमाडौ । धादिङ अस्पतालमा कार्यरत डा. प्रतिभा धौभडेल मृत फेला परेकी छिन् ।
घर बिदामा रहेकी उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा बिहीबार मृत भेटिएकी हुन् ।
सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौं आएकी थिइन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला