काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले (१०.८३ अंक) घटेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ०.५३ प्रतिशतले घटेर २ हजार ३०.८६ अंकमा ओर्लेको हो ।
बुधबार कारोबारमा आएकामध्ये ५१ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८८ कम्पनीको घट्यो, बाँकी ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । करिब ४४ हजार २ सय ४९ वटा कारोबारबाट ६९ लाख ४७ हजार २१ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा २ अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । मंगलबार सेयर बजारमा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ चैत्र २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार