बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन किलोमिटर लामो छ ।
अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन । बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा 'केही व्यक्तिको मृत्यु भएको हुनसक्ने' बताएका छन्। बाल्टिमोर काउन्टीका कार्यकारी जोनी ओल्सजेस्कीले फ्रान्सिस स्कट ब्रिज भत्केपछि उद्धार कार्य जारी रहेको बताए ।
उनले भने, ‘म स्थिति बारे सचेत छु र दमकल र आपत्कालीन सेवाको सम्पर्कमा छु।’ स्थानीय समय अनुसार राति १ः३० बजे यो घटना भएको हो । यो जहाज ३ सय मिटर लामो थियो र यो श्रीलङ्का जाँदै थियो। त्यसमा सिंगापुरको झण्डा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण