काठमाडौ । विगत लामाे समयदेखि सम्पर्कविहीन भएका २३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षक चार जना, प्रहरी हबल्दार १, प्रहरी जवान १७ र २ जना प्रहरी कार्यालय सहयोगी सहित २३ प्रहरी विगत एक महिनाभन्दा बढी समयदेखि सम्पर्कमा छैनन्।
यसबीचमा खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गरेर जनाएको छ।
आज जारी सूचनामा उनीहरूलाई सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनेको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले गराएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी जवान पदमा ६७७ पद थप, अब १,८४२ जनालाई अवसर
प्रहरीले सार्वजनिक गर्यो पाठक पक्राउ पुर्जीबारे सूचना
अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा
नेपाल प्रहरीले सुरु गर्यो नि:शुल्क बस सेवा, यस्तो छ रुट
राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु