सेयर बजार १७ अंकले घट्यो

सफल खबर संवाददाता

सोमबार, १२ चैत्र २०८०, १५ : २८
सेयर बजार १७ अंकले घट्यो

काठमाडौं । होली पर्वपछि खुलेको सेयर बजार १७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो ।

उत्पादन समूह सबैभन्दा धेरै २.१९ प्रतिशत बढ्यो भने माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २.२५ प्रतिशत घट्यो । बैंकिङ १३, विकास बैंक ६०, फाइनान्स १६, हाइड्रोपावर २८, जीवन बीमा १००, माइक्रोफाइनान्स ९०, निर्जीवन बीमा ८२ र अन्य ९ अंक घटे । व्यापार ८, उत्पादन १४७, होटल तथा पर्यटन २३ अंक बढे ।

दुई कम्पनी सर्वोत्तम सिमेन्ट र बोटलर्स नेपाल बालाजुको मूल्य १० प्रतिशत बढ्दा उत्पादन समूहमा उच्च वृद्धि देखिएको छ । हालै सूचीकृत सर्वोत्तमको मूल्य प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको हो ।

तारागाउँ रिजेन्सीको मूल्य ८ प्रतिशत, सीवाईसी लघुवित्तको ७.४, हिमालयन हाइड्रोपावरको ६.२ प्रतिशत बढ्यो । किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । आत्मनिर्भर लघुवित्तको ८.८, गुराँस लघुवित्तको ७ र युनिक नेपाल लघुवित्तको मूल्य ६.२ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस