काठमाडौँ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रमा संविधानअनुसार महिलाको प्रतिनिधित्व नभएको बताएकी छन् ।
शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले न्यायालयमा संविधानमा व्यवस्था भएअनुसार महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् ।
‘पहिलेभन्दा न्याय क्षेत्रमा प्रवेश गर्न चाहने महिलाका लागि वातावरण सहज बनेको छ,’ उनले भनिन्, ‘तर संविधानअनुसार प्रतिनिधित्व अझै भएको छैन, राज्यले यसमा ध्यान दिन जरुरी छ ।’
पूर्वप्रधान न्यायाधीश कार्कीले यो सम्मेलन नेपालमा महिला न्यायाधीशहरूको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गरिन् । कार्कीले आगामी दिनमा महिला न्यायाधीशहरूले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य सम्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनसँग किन चिढिइन् सुशीला कार्की ?
सुशीला कार्कीको आक्रोश : "तपाईंको आमा फेरिइसक्यो, बालेनकी श्रीमतीलाई आमा भन्नू"
सुशीला कार्कीको विवादास्पद नियुक्ति खारेज
‘नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा मिलोस्’ : सुशीला कार्की
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की