कर्णालीमा पाठ्यपुस्तक वितरण सुरु

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, १३ : ४०
कर्णालीमा पाठ्यपुस्तक वितरण सुरु

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लि. प्रादेशिक प्रेस नेपालगञ्जले कर्णाली प्रदेशका हुम्ला र डोल्पामा पाठ्यपुस्तक विक्रि वितरण सुरु गरेको छ । प्राथमिकता अनुसार हिमाली, पहाडी र तराईका जिल्लाहरुमा पाठ्यपुस्तक क्रमशः वितरण गर्ने नीति अनुसार पहिलो चरणमा हुम्ला र डोल्पा जिल्लामा वितरणको कार्य सुरु गरिएको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख होमराज ढुङ्गेलले बताए । उनका अनुसार हाल व्यापारीहरु मार्फत प्याकिङ्को कार्य भई रहेको र अन्य व्यापारिहरु आउने क्रम जारी रहेकोले अबको एक हप्ता भित्रै पाठ्यपुस्तक कार्णालीका जिल्लाहरुमा पुगिसक्ने छ । 

सबै पाठ्यपुस्तकहरु सेटमा नै रहेकोले विद्यार्थीले विद्यालय खुलेको सुरु दिनमा नै सम्पूर्ण पाठ्यपुस्तक पाउने गरी तालिका बनाएर वितरण गर्ने योजना जनक शिक्षा समाग्री केन्द्र लि. प्रदेशिक प्रेश नेपालगञ्जको रहेको छ ।हाल भने हिमाली जिल्लाहरुलाई प्राथमिकातामा राखेर वितरणको कार्ययोजना बनाएको र क्रमशः पहाडी र तराईका जिल्लाहरुमा वितरण गर्दै लगिने प्रादेशिक प्रेश नेपालगञ्जका प्रमुखले ढुङ्गेलले बताए ।  

प्रादेशिक प्रेस नेपालगञ्जले गत बर्ष पनि सहज रुपमा समयमा नै पाठ्यपुस्तक पु¥याएको र अहिले पनि समयमानै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन पाउँदा खुसी लागेको प्रमुख ढुङ्गेलले बताए । प्रादेशिक प्रेस नेपालगञ्जबाट कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम, जारजरकोट, सल्यान सहित ५ जिल्ला र लुम्बिनीका रुकुम पूर्व, रोल्पा, दाङ, बाँके र बर्दिया सहित ५ जिल्ला गरी १० जिल्लामा विक्रि वितरण गर्ने तालिका रहेको छ ।

 जसमा हुम्ला जिल्लामा बहत्तर हजार थान, डोल्पामा एक लाख आठ हजार थान, रुकुम पूर्वमा एक लाख चवालिस हजार थान, रुकुम पश्चिममा एक लाख असी हजार थान, दाङमा दुई लाख अठासी हजार थान, बर्दियामा दुइ लाख बाउन्न हजार थान र बाँकेमा दुइ लाख बाउन्न हाजर थान गरी जम्मा सत्र लाख बयासी हजार थान विक्रि गर्ने लक्ष्य रहेको जानकारी प्रमुख ढुङ्गेलले दिए ।