काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जोन प्रवृत्ति बढेको बताएका छन्। शुक्रबारको सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयहरू खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो रहेको बताए ।
अध्यक्ष ओलीले बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरूमा पनि ठुलो संख्यामा पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताए । उनले युवा पुस्तालाई कुनैपनि देश पैसा भएर धनी हुने नभई विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्नेकुरा बुझाउन जरुरी रहेको बताए । युवाहरूमा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्ने बताए ।
उनले भने, ‘युवाहरू विदेश दुई वटा कारणले गइरहेको देखिन्छ । अध्ययनको सिलसिलामा बाहिर जानेको संख्या बढ्दो छ । यहाँ विश्वविद्यालयहरू खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दैछ । सकेसम्म बाहिर जाने प्रवृत्ति बढ्दो छ ।
अध्ययनका लागि बाहिर जान नसके कामका लागि बाहिर जाने प्रवृत्ति अर्को छ । जो धेरै ठुलो संख्यामा छ । बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरू निकै धेरै विद्यार्थीहरूको ठुलो संख्या पढेर फर्किने भन्दा पनि उतै पढेर उतै जीविका चलाउने मानसिकतामा देखिन्छन् । त्यो अर्को खतरनाक कुरा हो । यसलाई रोक्नका लागि दुई कुराको आवश्यकता छ ।
कुनैपनि देश पैसा भएर धनी हुने होइन, विकास गर्छ, अनि धनी हुन्छ, अनि पैसा कमाउँछ । कुनैपनि देशले रेडिमेट विकास पाएको छैन । हामीले युवा पंक्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ र मात्रै विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्नेकुरा बुझाउनु पर्छ । हाम्रा युवाहरू देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना, गर्न सकिन्छ भन्ने विश्वास, हामी गर्नसक्छौँ भन्ने आत्मविश्वास दिलाउनुपर्छ ।’
अध्यक्ष ओलीले सरकारको तर्फबाट पनि उद्यमशीलताको प्रवृत्ति जगाउने, उद्यमशीलताको विकास हुने, उद्यमशीलतामार्फत रोजगारीका अवसर सिर्जना गर्ने काममा लाग्नुपर्ने बताए । उनले सरकारले आधारहीन ढंगबाट रोजगारीका अवसर सिर्जना गर्न सम्भव नरहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन
स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्वले घटिया प्रचार गरे : प्रधानमन्त्री ओली
‘धरती र जीवन दुवैमा शान्ति छाओस्’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली प्रेस मिटमा नबसेपछि परराष्ट्र सचिवले गरे भ्रमणको ब्रिफिङ
नेपाल दक्षिण एसियामै लगानीका लागि अनुकूल वातावरण भएको देश : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली मेड्रिटमा