गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन रोक्न ७७ जिल्लाका सीडीओलाई गृहमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, ०८ : २५
गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन रोक्न ७७ जिल्लाका सीडीओलाई गृहमन्त्रीको निर्देशन

काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारी(सीडीओ)लाई निर्देशन दिएका छन् । गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताएका हुन् । 

“गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै गर्नुपर्छ । गृहमन्त्रीका रुपमा नागरिकका पक्षमा, आशा जगाउने गरी काम गर्नेछु”, गृहमन्त्री लामिछानेले भने। समस्या लिएर आउने सेवाग्राहीको काम तत्काल गरिदिन निर्देशन दिँदै उनले काम नहुने अवस्था छ भने कारणसहित सम्झाउन आग्रह गरे ।

उपप्रधानमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि दबाब दिने तथा गल्ती गर्दा बचाउन सिफारिस गर्ने विद्यमान प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । 
अबको तीन महिनाभित्र गृह मन्त्रालयका हरेक सूचक सकारात्मक हुनुपर्नेमा जोड दिँदै गुहमन्त्री लामिछानेले काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेलाई कारबाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस