काठमाडौँ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
लामिछानेले प्रतिवेदन अध्ययन गरेर प्रधानमन्त्रीसँग भेट गरेको गृहमन्त्रीको सचिवालयले बताएको छ । लगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएका छन् ।
सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बिहीबार बिहान आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट उन्मुक्ति पाएकाहरूबारे आयोगले अध्ययन गरेको थियो । त्यसरी प्रहरी कारबाहीमा छुटेकाहरूलाई कतिपयलाई मुद्दा चलाउन सिफारिस, कतिपय प्रहरीलाई विभागीय कारबाहीका लागि सुझाइएको आयोगको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन