काठमाडौ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनमा भाग लिन २० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।
निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दललाई फागुन २४ देखि ३० गतेसम्मको समयसीमा तोकेको थियो । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार १९ दलले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य गरी दुवैमा प्रतिस्पर्धा गर्ने गरी दल दर्ता गर्न निवेदन दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रतिनिधि सभामा मात्र भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ । कोशी प्रदेशको इलाम क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्य र सुदूरपश्चिमको बझाङ १ (१) मा प्रदेश सभा सदस्य पद रिक्त छन् ।
इलाम- १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १(१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै पद रिक्त हुन पुगेको हो। दुवै पदका लागि २०८१ वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०१ चैत्र २०८०, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
नयाँ दललाई आइलाग्यो आपत
आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)
सत्तारुढ दलहरूको बैठक बस्दै