काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने धातुको करिब २ सय १० ग्राम तौल भएको विभिन्न गरगहनासहित प्युठान ऐरावती गाउँपालिका-६ घर भएकी २८ वर्षीया संगीता परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
फ्लाई दुवईको उडानद्वारा दुवईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा उक्त धातुको लकेट सहितको सिक्री १ थान, ब्रासलेट १ थान, औंठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औंठी १ थानसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइनेछ ।
उता सिन्धुपाल्चोककाे बाह्रविसे नगरपालिका-३ खुर्सानीबारीबाट करिब १ किलो सुनजस्तो देखिने वस्तुसहित भोटेकोशी गाउँपालिका-५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बाह्रविसेबाट खटिएको प्रहरीले भे.११ प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङले पेटमा बाँधी लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ