काठमाडौं । बाँकेको नेपालगञ्जबाट स्रोत खुलाउन नसकेको ३८ लाख ६३ हजार रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका- १ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका- १ बस्ने २० वर्षीय अनुप थारू, बर्दियाकै बारबर्दिया नगरपालिका- २ बस्ने २५ वर्षीया पूर्णिमा चौधरी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- १६ बस्ने ३६ वर्षीय सहिब अहमद जसगड रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान