काठमाडौं । बाँकेको नेपालगञ्जबाट स्रोत खुलाउन नसकेको ३८ लाख ६३ हजार रुपैयाँसहित ३ जना पक्राउ परेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका- १ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका- १ बस्ने २० वर्षीय अनुप थारू, बर्दियाकै बारबर्दिया नगरपालिका- २ बस्ने २५ वर्षीया पूर्णिमा चौधरी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- १६ बस्ने ३६ वर्षीय सहिब अहमद जसगड रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ फागुन २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ