काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । प्रतिपक्षबाट सत्तापक्ष बनेपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बिहान ९ बजेदेखि शुरू हुनेछ। बैठकमा नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागितालगायत समसामयिक विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन् ।
यसअघि एमालेले यही फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठक राखेको थियो । आजको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव समेटेर दस्तावेज बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
फागुन २१ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य तोड्दै नयाँ गठबन्धन बनाएपछि नेकपा एमाले प्रतिपक्षबाट एकाएक सत्तापक्ष बनेको हो ।११ महिना प्रतिपक्षमा बसेर हालै सरकारमा सहभागी भएको एमालेले उपप्रधानसहित ८ मन्त्री सरकारमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम
च्यासलमा पाल टाँगेर एमालेले सुचारु गर्यो केन्द्रीय कार्यालय
जेन जी विद्रोहको तोडफोड र आगजानीमा एमाले कार्यकर्ताकै संलग्नता रहेको खुल्यो रहस्य
एघारौँ महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय
एमाले केन्द्रीय कमिटी बैठक : सुरु भयो तेस्रो दिनको छलफल
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा