काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । प्रतिपक्षबाट सत्तापक्ष बनेपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बिहान ९ बजेदेखि शुरू हुनेछ। बैठकमा नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागितालगायत समसामयिक विषयमा छलफल हुने एमाले नेताहरूले बताएका छन् ।
यसअघि एमालेले यही फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठक राखेको थियो । आजको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव समेटेर दस्तावेज बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।
फागुन २१ गते नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य तोड्दै नयाँ गठबन्धन बनाएपछि नेकपा एमाले प्रतिपक्षबाट एकाएक सत्तापक्ष बनेको हो ।११ महिना प्रतिपक्षमा बसेर हालै सरकारमा सहभागी भएको एमालेले उपप्रधानसहित ८ मन्त्री सरकारमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न