एजेन्सी । रुसले आइतवार क्राइमियामाथि आक्रमण गरेका ३८ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एउटा भिडियो फुटेजमा क्राइमियामा तेल डिपो नजिकै विस्फोट भएको देखिएको छ।
रुसले यस पछिल्लो ड्रोन आक्रमणबाट कुनै क्षति नभएको बताएको छ । तर प्रत्यक्षदर्शीहरूले विस्फोटका कारण झ्यालहरू हल्लिएको र कारको अलार्म बजेको बताएका छन्। । जसका कारण रुस र क्राइमिया जोड्ने केर्च ब्रिज केही समयका लागि बन्द भएको थियो । युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो।
हालै रूसी सेनाले युक्रेनी मोर्चामा प्रगति गरेको छ र कीएभले पश्चिमी हतियारहरूको सहयोगमा तिनीहरूलाई रोक्न प्रयास गरिरहेको छ। गत महिना मात्र रुसी सेनाले महत्त्वपूर्ण पूर्वी सहर अदिभका कब्जा गरेको थियो ।
शनिबार रुसले युक्रेनी शहर ओडेसाको आवासीय क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो, जसमा १० जनाको मृत्यु भएको थियो। आइतबार रुसले दक्षिणी खेरसन क्षेत्रलाई निशाना बनाएको थियो । युक्रेनी अधिकारीहरुका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ फागुन २०८०, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द
रुसको तेल प्रशोधन केन्द्रमा १२१ ड्रोन आक्रमण गरेको युक्रेनको दाबी
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते
ड्रोनबाट सामान ढुवानी