काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे चासो लिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् ।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुनेगरि निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशनसमेत दिए ।
बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिएका थिए ।
कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत रहेको, वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको जानकारी दिए ।
त्यसैगरि उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत भौतिक प्रगति रहेको जानकारी दिँदै शर्माले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको जानकारी गराए।
त्यस्तै उत्तर दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रूपमा अगाडि बढेको जानकारी सचिव शर्माले गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण
प्रधानमन्त्री ओलीले सदनमा सुनाए स्पेन भ्रमणको उपलब्धि
प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेश मन्त्रीको भेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन, सिमकोटमा अब राष्ट्रिय सडक