काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको स्कुलको होस्टेलमा बालिका शालीन पोखरेलको मृत्यु घटनाले आफूलाई गम्भीर र दुःखी तुल्याएको बताएका छन् ।
घटनाको छानबिन गरी सत्य तथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकेको शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले जानकारी गराएका छन् । घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले भनेका छन्- ‘चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुःखी तुल्याएको छ । घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु,” प्रधानमन्त्री प्रचण्डले फेसबुकमा लेखेका छन्, “घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
एमाले महाधिवेशन: चितवनमा प्रतिनिधि छनोट सर्वसम्मत
एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
चितवन जिल्ला प्रशासनद्वारा राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा सुरु
चितवनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी