काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको स्कुलको होस्टेलमा बालिका शालीन पोखरेलको मृत्यु घटनाले आफूलाई गम्भीर र दुःखी तुल्याएको बताएका छन् ।
घटनाको छानबिन गरी सत्य तथ्य पत्ता लगाउन यसअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकेको शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले जानकारी गराएका छन् । घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको बताएका हुन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले भनेका छन्- ‘चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुःखी तुल्याएको छ । घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु,” प्रधानमन्त्री प्रचण्डले फेसबुकमा लेखेका छन्, “घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ ।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न
चितवनमा नागरिकता त्याग्नेभन्दा गैर आवासीय नागरिकता लिने बढी
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस