काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम पीडितलाई न्याय दिने गरी अघि बढाउनुपर्ने बताएका छन् । सोमवार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले शान्ति प्रक्रियाका बाँकी काम पीडितलाई न्याय दिने गरी, राष्ट्रमा मेलमिलाप कायम हुने गरी र दिगो शान्ति कायम हुने गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति बन्नुपर्ने बताए । उनले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक पारित गरेर सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको गठनलाई नयाँ ढङ्गले फेरि पूर्णता दिनुपर्ने आवश्यकता रहेको बताए ।
‘अहिले टिआरसी बिल किन पारित भइरहेको छैन ? किन अड्किरहेको छ भनेर सबैले कराइरहनुपर्यो नि । त्यो राष्ट्रिय सहमतिको विषय हुनुपर्दैन ? सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक हामीले पारित गर्नै पर्छ । त्यो ऐन बनेर हामीले यो सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको गठनलाई नयाँ ढङ्गले फेरि पूर्णता दिनै पर्छ’ उनले भने, ‘हामीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामलाई र शान्ति प्रक्रियालाई पूरा गर्नै पर्छ । पीडितलाई न्याय दिने गरी, राष्ट्रमा मेलमिलाप कायम हुने गरी र दिगो शान्ति कायम हुने गरी अघि बढ्नुपर्छ । यसमा राष्ट्रिय सहमति बन्नुपर्छ । यसमा मेरो अपिल छ ।
मन्त्री श्रेष्ठले सरकारको चाँडै नै प्रहरी समायोजन गर्ने तर प्रहरी समायोजनसँग जोडिएका नेपाल प्रहरी ऐनलाई विधेयकको रूपमा संसद्मा प्रस्तुत गरी प्रहरी समायोजन ऐनलाई संशोधन गर्ने विषय राखेर नेपाल प्रहरी प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण समन्वय ऐन संशोधन विधेयक प्रस्तुत गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध