काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आफू संसदमा कसैको घाँटी काटेर नआएको भनेपछि संसदमा केहीबेर हंगामा भएको छ ।
सांसद शाहीले आइतबारको बैठकको विशेष समयमा बोल्दा घाँटी काटेर नभएको भनेपछि सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए । त्यसपछि बैठकमा केहीबेर हंगामा भएको थियो ।
सांसद शाहीले आफ्नो राजीनामा माग्ने माओवादी सांसद माधव सापकोटालाई लक्षित गर्दै संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै आफू ८ वर्षको बच्चालाई घाँटी काटेर, मान्छेको हत्या गरेर नआएको र राज्यको सम्पत्ति विनाश पनि नगरेको भन्दै धारणा राखेका थिए ।
शाही बोल्दाबोल्दै माओवादीका सांसद पाण्डेले नियमापत्ति गरेका थिए । पाण्डेको नियमापत्तिपछि काँग्रेस सांसद सुनिल शर्माले एउटा सांसदले बोल्दा अर्कोले नियमापत्ति गर्न नपाउने बताएका थिए । शर्माले आफूलाई सरकारले थुनेर छुटेपछि संसदमा बोल्ने बेला पनि पाण्डेले यसैगरी नियमापत्ति गरेको भन्दै शाहीलाई समर्थन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीलाई बजेट दिन नसक्ने भए सरकार छोड्नुस् हामी चलाउँछौँ’ : ज्ञानेन्द्र शाही
माधव नेपाल र ज्ञानेन्द्र शाहीले गरे फिल्ममा अभिनय (तस्वीरहरू)
देशमा सरकार छ कि सरकारको कुर्सीमात्रै छ : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीलाई सांसद शाहीको प्रश्नः तपाईं सर्वोच्च अदालतभन्दा ठूलो हो ?
फिल्म अभिनय गर्दै सांसद ज्ञानेन्द्र शाही
सांसद शाहीको शैक्षिक योग्यतादेखि वैवाहिक जीवनमाथि नै गम्भीर प्रश्न