काठमाडौँ। नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहीदहरूको सम्मानार्थ तिनका परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि अफर उपलब्ध गराएको छ ।
आइतबारदेखि फागुन १२ सम्म उपलब्ध हुने अफर साविक बमोजिमको ‘फ्रि रिसोर्स’ अर्थात् १ जीवी डाटा, १०० मिनेट अन-नेट भ्वाइस र १०० अन-नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहीद परिवारलाई निःशुल्क उपलब्ध गराइनेछ ।
एफटीटीएचअन्तर्गत ५० एमबीपीएसको ‘एयर्ली वान टाइम’ प्याकेज र कम्बो एयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ । कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जीवी, १३ जीवी, २० जीवी र ३० जीवी डाटा प्याकेज तथा ३० जीवी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याकसमेत उपलब्ध गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ फागुन २०८०, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
नेपाल टेलिकमको नाफा ४८ प्रतिशत घट्यो
नेपाल टेलिकमको नेटवर्कमा समस्या
नेपाल टेलिकमको सहायक लेखा अधिकृत पदका उम्मेदवार सिफारिस
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने