काठमाडौँ । चालु आर्थिक वर्ष २०८०-८१ को दोस्रो त्रैमासमा नेपाल टेलिकमको कूल आय घटेको तथ्याङ्क सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०७९-८० को पुस मसान्तसम्मको अवधिमा ७९ करोड १७ लाख ५७ हजार रुपैयाँले कूल आय घटेको हो ।
टेलिकमले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा भने २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ मात्रै आम्दानी भएको टेलिकमले जनाएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ३.५८ प्रतिशतले कम हो ।
यस्तै, दोस्रो त्रैमाससम्ममा १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रुपैयाँ सञ्चालन आम्दानी रहेको बताइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ७ करोड ७३ लाख ४८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो ८३ करोड ५ लाख ६९ हजार रुपैयाँले न्यून हो ।
सबैजसो आम्दानी घटेपछि टेलिकमको खुद नाफामा समेत गिरावट आएको छ । यस अवधिमा टेलिकमको खुद नाफा ३२ करोड ३३ लाख ७३ हजार रुपैयाँले घटेको छ । चालू वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ९३ करोड १४ लाख ३ हजार रुपैयाँ खुद नाफा रहेकामा गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा थियो । यो चालू वर्षको तुलनामा ७.६० प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४३.६८ रुपैयाँ रहेको जनाइएको छ । नाफादेखि सबै सूचक घट्नुमा ओटीटी सेवाको बढ्दो प्रयोग रहेको टेलिकमले बताएको छ । अन्तरआबद्धतामा गत आर्थिक वर्षको तुलनामा चालू वर्षको दोस्रो त्रैमाससम्ममा ५२ करोड ९२ लाख ७५ हजारले कमी आएको छ ।
यस्तै, आम्दानीदेखि सञ्चालन आय र नाफा घट्नुको अन्य कारणकारुपमा बिजुलीका असहज आपूर्ति, दुर्गम तथा विकट क्षेत्रमा कम प्रतिफलमा सेवा विस्तार लगायतका कारण समेत रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या