काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन पालिका समिति पुनर्गठन भएका छन् ।
यसरी पुनर्गठन गरिएका पालिकामा उपमहानगरपालिकादेखि गाउँपालिका समितिसम्म रहेका छन् । जसपाले छबिलाल वाईवाको अध्यक्षतामा हेटौडा उपमहानगरपालिका समिति पुनर्गठन गरेको छ । वाइवा नेतृत्वको समिति २५ सदस्यीय रहेको छ ।
त्यस्तै ईलामको माई नगर समिति रामबहादुर राइको अध्यक्षतामा पुनर्गठन भएको छ । राईको अध्यक्षतामा पुनर्गठन गरिएको समिति ३१ सदस्यीय रहेको छ ।
त्यसैगरी जसपाको धनपालथान गाउँपालिका समिति पनि पुनर्गठन भएको छ । प्रमोदकुमार शर्माको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति बिहीबार पुनर्गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै