काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसद् र समिति बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।आइतबार सम्पन्न दलको बैठकले बैठकहरूमा अनिवार्य उपस्थित भएर प्रभाकारी भूमिका खेल्न निर्देशन दिएको प्रमुख सचेतक पदम गिरीले बताए ।
यस्तैले संसद्को अधिवेशनमा संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण, सामाजिक न्याय, सुशासन, समृद्धि र राष्ट्रिय हितका सवारीमा प्रभावकारी भूमिका खेल्न पनि निर्देशन दिएको उनले बताए ।
युवा पलायन रोक्न र पश्चिम एसियामा बिग्रँदो शान्ति सुरक्षाको अवस्था लाई मध्यनजर गरी अप्ठ्यारोमा रहेका नेपाली युवाहरू लाई अविलम्ब स्वदेश फर्काउन पनि सरकारलाई आग्रह गरेको छ ।
यस्तै पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य वसन्त नेम्बाङ बिरामी भई हाल उपचारार्थ रहेकोमा उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित