काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन्। बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताए। गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएको उनले बताए।
ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोपसमेत लगाए। ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताए। देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ-दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ।
उनले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताए। ओलीले देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उनले प्रष्ट पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२७ गते सल्लाघारीमा सहभागी हुन केपी ओलीले पठाए पत्र
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
‘सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिँदैन’ : ओली
‘मलाई र लेखक थुन्नुलाई यो सरकारले सुशासन ठानिरहेको छ’ : ओली
सरकारमा बसेकाहरू नै जेन-जीका नाममा मागपत्र मस्यौदा गर्दै कलाविहीन नाटक देखाउँदैछन् : ओली