काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन्। बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको विकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताए। गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएको उनले बताए।
ओलीले अहिलेको सरकारले मुलुकको विकासमा ध्यान दिन नसकेको आरोपसमेत लगाए। ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताए। देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ-दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ।
उनले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताए। ओलीले देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उनले प्रष्ट पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ माघ २०८०, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
“मै पनि चौकीदार” देखि “म झोले हो” सम्म : मोदीको सिको गर्दै ओली
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता
ओलीलाई सिंहदरवारभन्दा बालुवाटार नै प्यारो
ओली र देउवाबीच भेटवार्ता