काठमाडौँ । मोरङको ग्रामथान गाउँपालिका–७ धोबियारे बस्ने ३६ वर्षीय भागेश्वर विश्वास आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै तनहुँ शुक्लागण्डकी नगरपालिका–८ सेती नदीको किनारमा सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–३ घर भएका ४१ वर्षीय किरण कुमार चौधरी थारु बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
पर्वत, मोदी गाउँपालिका–५ बाजुङस्थित ओख्लेको जङ्गलमा कुश्मा नगरपालिका–३ दुर्लुङ सल्यान बस्ने ३९ वर्षीय विष्णु कामी बिहीबार मृत अवस्थामा फेला परेका छन् । स्याङ्जा, हरिनास गाउँपालिका–४ वाङगेश्वरास्थित जङ्गलमा सोही गाउँपालिका–७ चाङसिङ बस्ने ८१ वर्षीय झक बहादुर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला
काठमाडौमा एक व्यक्ति मृत फेला
सल्यानमा रोल्पाका एक पुरुष मृत फेला