काठमाडौं । शेयर बजार परीसूचक नेप्सेको ओरालो यात्रा जारी छ । मंगलबार झिनो अंकले ओरालो लागेको नेप्से बुधबार दोहोरो अंकले घट्न पुग्यो । मंगलबार ०.४० अंकले घटेर २०९८.२९ को विन्दुमा पुगेको नेप्से बुधबार १०.२५ अंकले घटेर २०८८ विन्दुमा आइपुगेको छ ।
यस दिन स्कट मार्केटमा एक करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँको कारोबार भयो । बुधबार बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य रुपमा बढ्दा अन्य सबै उपसमूह राताम्य देखिए । यस दिन हाइड्रोपावर, लगानी र व्यापार उपसमूहमा बढी गिरावट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार