काठमाडौं । सेयर बजार साढे ३१ अंकले घटेको छ । सोमबार ३१.४९ अंकले घटेको सेयर बजार २०९८.६९ विन्दुमा पुगेर बन्द भएको छ ।
साेमबार ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँको कारोबार भएको छ । यसदिन ३६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको ओरालो लागेको छ भने ३ कम्पनीको स्थिर छ ।
हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२४ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार