काठमाडौं । सेयर बजार साढे ३१ अंकले घटेको छ । सोमबार ३१.४९ अंकले घटेको सेयर बजार २०९८.६९ विन्दुमा पुगेर बन्द भएको छ ।
साेमबार ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३ रुपैयाँको कारोबार भएको छ । यसदिन ३६ कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको ओरालो लागेको छ भने ३ कम्पनीको स्थिर छ ।
हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२४ प्रतिशत घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५४४ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार
२६ सय नाघ्यो सेयर बजार