काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा आडिएको होे । यसदिन बजारमा २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।
गत साताको अन्तिम कारोबारका दिन ७.२४ अंकले घटेर बन्द भएको शेयर बजार आज आइतबार प्रि अेपन सेसनबाट बढेरै खुलेको थियो । बैंकहरुको नाफामा आएका गिरावटसँगै शेयर बजारमा पनि त्यसको प्रभाव देखिएको छ । बैंकहरुको दोस्रो त्रैमाससम्म नाफामा करिब ९ प्रतिशतले गिरावट आएको छ । जसको कारणले शेयर बजार पनि प्रभावित हुनसक्ने जानकारहरु बताउँछन् ।
आजको करोबारमा अंखुखोला जलविद्युत कम्पनी, समाज लुघवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाले सर्वाधिक नाफा कमाएका छन् । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ५६ करोड ७९ लाख १० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार