दोहोरो अंकले घट्यो शेयर बजार

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, १५ : ४१
दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा आडिएको होे । यसदिन बजारमा २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको कारोबार भएको छ ।

गत साताको अन्तिम कारोबारका दिन ७.२४ अंकले घटेर बन्द भएको शेयर बजार आज आइतबार प्रि अ‍ेपन सेसनबाट बढेरै खुलेको थियो । बैंकहरुको नाफामा आएका गिरावटसँगै शेयर बजारमा पनि त्यसको प्रभाव देखिएको छ । बैंकहरुको दोस्रो त्रैमाससम्म नाफामा करिब ९ प्रतिशतले गिरावट आएको छ । जसको कारणले शेयर बजार पनि प्रभावित हुनसक्ने जानकारहरु बताउँछन् ।

आजको करोबारमा अंखुखोला जलविद्युत कम्पनी, समाज लुघवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाले सर्वाधिक नाफा कमाएका छन् । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ५६ करोड ७९ लाख १० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस