एजेन्सी । आइसीसी यू–१९ विश्व कप क्रिकेटको पहिलो दिन शुक्रबार आयोजक दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी शुरूआत गरेका छन् । शुक्रबार सम्पन्न खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रन र आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हराएको हो ।
पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो । वेस्ट इन्डिजले ४०.१ ओभरमा सबै विकेट गुमाएर २५४ रन मात्र बनाउन सक्यो ।
अर्को खेलमाअमेरिकाले दिएको १०६ रनको लक्ष्य आयरल्यान्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रिकामा जारी विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै छन् । विश्वकपमा नेपाल समूह डी मा छ । समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।
नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ माघ २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै