काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । दुई दिनसम्म चलेको राजनीतिक समितिको बैठक हिजो सम्पन्न भएपछि आजदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो । बैठकमा सरकारमा आफ्नो दलबाट सहभागी मन्त्रीको कामकाजको साथै सरकारको समग्र समीक्षा हुने बताइएको छ ।
जसपा मधेस प्रदेश, लुम्बिनी प्रदेश र सङ्घीय सरकारमा सहभागी भएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले हिजो सम्पन्न राजनीतिक समितिमा प्रस्तुत भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको बारेमा केन्द्रीय समितिमा पनि छलफल हुने बताइएको छ । सो प्रतिवेदन राजनीतिक संशोधनसहित पारित गरेको छ ।
राजनीतिक समितिबाट पारित सो प्रतिवेदन आजको केन्द्रीय समितिमा पनि पेस हुन्छ र त्यसमाथि छलफल गरी पारित हुने जसपाका अर्थ विभाग प्रमुख विजय यादवले बताए।
राजनीतिक समितिले जेठ २८ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने भनी गरेको प्रस्तावलाई केन्द्रीय समितिमा लगेको छ । महाधिवेशनको तिथि मितिमाथि छलफल गरी त्यो मिति तय हुने र महाधिवेशनका अन्य कार्यकालितकाहरु पनि सार्वजनिक हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता