काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । दुई दिनसम्म चलेको राजनीतिक समितिको बैठक हिजो सम्पन्न भएपछि आजदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो । बैठकमा सरकारमा आफ्नो दलबाट सहभागी मन्त्रीको कामकाजको साथै सरकारको समग्र समीक्षा हुने बताइएको छ ।
जसपा मधेस प्रदेश, लुम्बिनी प्रदेश र सङ्घीय सरकारमा सहभागी भएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले हिजो सम्पन्न राजनीतिक समितिमा प्रस्तुत भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनको बारेमा केन्द्रीय समितिमा पनि छलफल हुने बताइएको छ । सो प्रतिवेदन राजनीतिक संशोधनसहित पारित गरेको छ ।
राजनीतिक समितिबाट पारित सो प्रतिवेदन आजको केन्द्रीय समितिमा पनि पेस हुन्छ र त्यसमाथि छलफल गरी पारित हुने जसपाका अर्थ विभाग प्रमुख विजय यादवले बताए।
राजनीतिक समितिले जेठ २८ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने भनी गरेको प्रस्तावलाई केन्द्रीय समितिमा लगेको छ । महाधिवेशनको तिथि मितिमाथि छलफल गरी त्यो मिति तय हुने र महाधिवेशनका अन्य कार्यकालितकाहरु पनि सार्वजनिक हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै