नेपाल टेलिकमले ल्यायो 'विन्टर अफर'

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १३ : २७
नेपाल टेलिकमले ल्यायो 'विन्टर अफर'

काठमाडाैँ । नेपाल टेलिकमले 'विन्टर अफर' अन्तर्गत विभिन्न आकर्षक प्याकहरू उपलब्ध गराउने भएको छ। समय समयमा विभिन्न प्रकारका अफरहरू उपलब्ध गराउँदै आएको टेलिकमले भोलि (शुक्रबार) देखि लागू हुने गरी उक्त अफर ल्याएको बताएको छ।

कम्पनीले यस अघि उपलब्ध भइरहेको फोरजी डेटा अफरलाई अझै आकर्षक बनाइएको बताएको छ।यस अनुसार १ दिनको समयावधिका लागि १९ रूपैयाँमा ४०० एमबी र ३३ रूपैयाँमा एक हजार २०० एमबी डेटा उपलब्ध हुनेछ। त्यसैगरी ७ दिनको समयावधिका लागि लागि १०९ रूपैयाँमा ५ जिबी र २८ दिनको समयावधिका लागि २९८ रूपैयाँमा ७ जिबी डेटा उपलब्ध हुनेछ। 

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रूपैयाँमा ६ जिबी डेटा तथा १३९ रूपैयाँमा ६ जिबी डेटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ। त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रूपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ।

यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरू समेत उपलब्ध हुनेछ। 

त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जिबी डेटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुने कम्पनीको भनाइ छ।विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले १४१५*१# डायल गर्नु पर्नेछ। 

कम्पनीको 'नेपाल टेलिकम' एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइट मार्फत् यस अफरसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।  

प्रतिक्रिया दिनुहोस