काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको दोस्रो दिनको बैठकमा महाधिवेशनबारे छलफल हुने छ ।
महाधिवेशनभन्दा अगाडि पालिकादेखि प्रदेशसम्मको अधिवेशन सम्पन्न गर्नुपर्ने तथा निर्वाचित समितिको अभिलेख केन्द्रीय संगठन विभागमा पठाउनुपर्ने बुधबारको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रस्ताव गरिएको छ ।
साथै महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन, नीति कार्यक्रम, आर्थिक प्रतिवेदनलगायतका दस्तावेजहरुको मस्यौदा गर्नुपर्ने साथै महाधिवेशन लागि व्यवस्थापन, प्रचारप्रसार र आर्थिक कामलाई पनि व्यवस्थित गर्ने भनिएको छ ।
साथै राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय विभाग तथा संयन्त्रको जिम्मेवारीलगायतका विषयमा बैठक केन्द्रित हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा