काठमाडौं। रुकुम पूर्वको रुकुमकोट र रुकुम–पश्चिमको मुसिकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल फाइबर नेटवर्कबाट ट्रान्समिसन लिङ्क पुर्याएर फाइवर टू द होम (एफटीटीएच) नेटवर्कको शुरूवात गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको एफटीटीएच सेवाको शुरूवात गरेकी हुन् ।
एफटीटीएचको भर्चुअल शुरूवात गर्दै सरकारकी प्रवक्ता शर्माले कान्छो जिल्ला रुकुममा एफटीटीएच जोड्न पाउँदा खुसी लागेको बताइन् । अब हुम्ला र डोल्पामा पनि सो सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री शर्माले भनिन्, ‘सूचना र सञ्चारको विकासमा सरकार प्रतिबद्ध छ, पछिल्लोपटक भूकम्पप्रभावित जिल्लामा इन्टरनेट सेवा पुर्याउनुपर्छ ।’ उनले सञ्चारको विकासले अन्य क्षेत्रमा प्रभाव पार्ने भएकाले सञ्चारको विकास अपरिहार्य भएको बताइन् ।
सांसद पूर्णबहादुर घर्तीले रुकुममा आधुनिक सूचना प्रविधि जोडिनु सकारात्मक भएको बताए ।मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले ग्राहकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिए ।
सोही अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले हालसम्म ७४ जिल्लामा ‘फोर जी’ सेवा पुर्याइसकेको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या