जवाफमा अवामी लिग पार्टीकी ७६ वर्षीया प्रमुखले घातक बल प्रयोग गरेर आफ्नो विरोधीमाथि कडा जवाफ दिइन् । बीएनपीका वरिष्ठ नेताहरुका साथै हजारौं मानिस गिरफ्तार भए ।
बंगलादेशमा अब आइतबार मतदान हुनेछ, जहाँ २७ पार्टी र ४३६ स्वतन्त्र गरी १५०० भन्दा बढी उम्मेदवार ३०० संसदीय सिटका लागि प्रतिस्पर्धा गर्ने छन् ।
बंगलादेशको निर्वाचन आयोगका अनुसार ११९.६ मिलियन मतदाता छन्, जसले भोलि आइतबार ४२ हजार भन्दा बढी मतदान केन्द्रमा मतदान गर्न सक्नेछन् ।
प्रमुख विपक्षी पार्टी बीएनपीले चुनाव बहिस्कार गरेको छ । बीएनपीका प्रमुख पूर्वप्रधानमन्त्री खादिला जिया नरबन्दमा छिन् । र उनको दलले मतदान लक्षित गरेर शनिबार विहान ६ बजेदेखि सोमबार विहान ६ बजेसम्म ४८ घण्टे हड्ताल आह्वान गरेको छ ।
यस्तोमा वर्तमान प्रधानमन्त्री शेख हसिनाको लगातार चौथो जित हासिल गर्नु औपचारिकता मात्र मानिएको छ ।
प्रधानमन्त्री हसिना पछिल्लो केही वर्षमा तीव्र गतिमा निरंकुश भएको विपक्षीको आरोप छ । बीएनपीका नेता अब्दुल मोइन खानले बीबीसीसँग भनेका छन्, ‘बंगलादेशमा लोकतन्त्र मरिसक्यो । हामीले जे देख्दैछौं, त्यो फर्जी चुनाव हो ।’
हसिना सरकारले भने अलोकतान्त्रिक भएको आरोपलाई अस्वीकार गर्दै आएको छ र बंगलादेशले अनपेक्षित आर्थिक सफलता हात पारेको छ, त्यसले प्रधानमन्त्री हसिनाको स्वीकारोक्ति बढेको छ । मुस्लिम बहुल बंगलादेश एक समयसम्म विश्वकै सबभन्दा गरिब देशमध्ये एक थियो । तर सन् २००९ पछि ऐतिहासिक आर्थिक प्रगति हासिल गरेको छ ।
प्रतिव्यक्ति आय पछिल्लो दशकमा तीन गुणा भएको छ । विश्व बैंकको अनुमान छ कि पछिल्लो २० वर्षमा साढे २ करोडभन्दा बढी मानिस गरिबीको रेखाबाट माथि आएका छन् ।
गंगा नदीमा २.९ अर्ब डलरको पुल बनेको छ, जसले बंगलादेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) मा १.२३ प्रतिशत बढोत्तरी हुने अनुमान छ । ढाकामा मेट्रो लगायतका पूर्वाधार विकासका परियोजनाका लागि आर्थिक सहयोग जुटाउन दुई शक्तिशाली छिमेकी चीन र भारतसँग सन्तुलित सबन्ध बनाएकी छन् ।
यद्यपि महामारीका क्रममा बंगलादेशमा संकट पनि थियो । नोभेम्बरमा महंगीको दर ९.५ प्रतिशत पुगेको थियो ।
विदेशी मुद्रा सञ्चितीमा भारी गिराबट आयो । अगष्ट २०२१ मा ४८ अर्ब डलर रहेको यो अहिले २० अर्ब डलरमा झरेको छ । यसले तीन महिनाको आयात पनि धान्दैन ।
हसिना सरकारका आलोचकहरुका अनुसार आर्थिक प्रगति लोकतन्त्र र मानवअधिकारको मुल्यमा आएको हो । हसिनाको कार्यकालमा राजनीतिक विरोधी, समीक्षक र मिडियामाथि दमन भएको छ । थुप्रै विपक्षी नेताहरु पक्राउ परेका छन् ।
अब्दुल मोइन खान थोरै नेतामा पर्छन्, जसलाई पक्राउ गरिएको थिएन । उनको आरोप छ कि बीएनपीका २० हजार भन्दा बढी समर्थकलाई झुटो आरोपमा गिरफ्तार गरिएको छ । लाखौं पार्टी कार्यकर्ताविरुद्ध मुद्दा हालिएको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ पुस २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि ६८ दल दर्ता, आयोगमा दर्ता कायम दलको संख्या १३२ पुग्यो
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै