एजेन्सी । अस्ट्रेलियामा अहिले आम निर्वाचन भइरहेको छ। एक करोड ८० लाख मतदाताले शनिबार नै सम्पन्न हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेछन्।
वामपन्थी झुकाव भएका लेबर पार्टीका एन्थोनी अल्बानेज अर्को कार्यकालका लागि उम्मेदवार भइरहेका छन्। कन्जरभेटिभ लिबरल नेसनल डेभलपमेन्टका पिटर डुटोन अर्का उम्मेदवार हुन्।
जीवन यापनको मूल्य यस निर्वाचनको मुख्य विषय हो। मतदाता स्वास्थ्यका बारे पनि चासो लिइरहेका छन्। निर्वाचनको परिणाम त्यसै दिन बाट आउन सुरु भए पनि सकिन सातासम्म लाग्ने अनुमान गरिएको छ।
दलीय उम्मेदवारलाई चुनौती दिँदै उम्मेदवार भएकी केट चेनी पनि अहिले चर्चामा छिन्। यसअघि सन् २०२२ को निर्वाचनमा पनि संसदमा १० जना स्वतन्त्रले सफलता पाएका थिए। १५० स्थानका लागि हुने मतदानबाट सरकार बनाउनका लागि ७६ स्थानमा जित हात पार्नु आवश्यक छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० बैशाख २०८२, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रका एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ
प्रतिनिधिसभा निर्वाचन १९ दिन बाँकी : १४ जिल्लाको मतपत्र छाप्न बाँकी
प्रतिनिधि सभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण
बंगलादेशको निर्वाचनमा बीएनपीलाई बहुमत