एजेन्सी । अस्ट्रेलियामा अहिले आम निर्वाचन भइरहेको छ। एक करोड ८० लाख मतदाताले शनिबार नै सम्पन्न हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेछन्।
वामपन्थी झुकाव भएका लेबर पार्टीका एन्थोनी अल्बानेज अर्को कार्यकालका लागि उम्मेदवार भइरहेका छन्। कन्जरभेटिभ लिबरल नेसनल डेभलपमेन्टका पिटर डुटोन अर्का उम्मेदवार हुन्।
जीवन यापनको मूल्य यस निर्वाचनको मुख्य विषय हो। मतदाता स्वास्थ्यका बारे पनि चासो लिइरहेका छन्। निर्वाचनको परिणाम त्यसै दिन बाट आउन सुरु भए पनि सकिन सातासम्म लाग्ने अनुमान गरिएको छ।
दलीय उम्मेदवारलाई चुनौती दिँदै उम्मेदवार भएकी केट चेनी पनि अहिले चर्चामा छिन्। यसअघि सन् २०२२ को निर्वाचनमा पनि संसदमा १० जना स्वतन्त्रले सफलता पाएका थिए। १५० स्थानका लागि हुने मतदानबाट सरकार बनाउनका लागि ७६ स्थानमा जित हात पार्नु आवश्यक छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० बैशाख २०८२, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
निर्वाचन प्रयोजनका लागि ६८ दल दर्ता, आयोगमा दर्ता कायम दलको संख्या १३२ पुग्यो
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै