रौतहट । प्रहरीले रौतहटबाट साढे १८ लाख रुपैयाँ नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ।
रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट रौतहटकै गुजरा नगरपालिका ५ हरिहरपुरका २५ वर्षीय सन्दीप जयसवाल पक्राउ परेका हुन्।
उनको साथबाट १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन्।
उनको साथबाट नक्कली नोटसँगै विभन्नि बैँकका पाँच थान एटीएम कार्ड, १६ लाख ६५ हजार उल्लेख भएको विभिन्न बैंकका तीन थान चेक, एक थान मोवाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
जयसवालको साथबाट १ हजार दरका नक्कली नोट १८ सय ४३ थान बरामद भएको डीएसपी गिरीले बताइन् ।
नक्कली नोटसहित पक्राउ परेका जयसवाललाई मुद्रासम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ।
यसअघि रौतहट प्रहरीले रौतहटकै गरुढा नगरपालिका ५ स्थित शिवनगर मेलाबाट भारतीय नोटसहित चार जना, गरुडा नगरपालिका ४ बाट १ हजार दरका ७ थान नक्कली नोटसहित ३ जना र बालचनपुरबाट १ हजार दरका २० थान नक्कली नोटसहित १ जनालाई पक्राउ गरेको थियो।
पक्राउ परेका सबैलाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडी बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ