काठमाडौं। नेकपा एमालेले १४ मंसिरदेखि १ पुससम्म मध्यपहाडका जिल्लामा गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’को निष्कर्ष आगामी आइतवार मात्रै सार्वजनिक गर्ने भएको छ ।
यस अघि अभियानको निष्कर्ष जानकारी गराउन बिहीवार पत्रकार सम्मेलन गर्ने बताइएको थियो । तर ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’को अभियान सफल भएको जनाएको एमालेले ८ गते पत्रकार सम्मेलन गर्न लागेको पार्टी कार्यालय स्रोतले जानकारी दियो ।
‘सचिवालयको बैठकले यो अभियान सफल भएको निष्कर्ष निकालेको हो । यस अघि ५ पुसमा पत्रकार सम्मेलन गर्ने भनिएकामा अब यसबारेको सम्पूर्ण जानकारी ८ गते दिने भएका छौं’ एमाले कार्यालयका एक कर्मचारीले भने ।
एमालेले पुराना दलप्रति जनताको विश्वास नटुटेको, एमालेको प्रभाव तल्लो तहसम्म राम्रो रहेको, नागरिकका समस्या पहिचान भएको, कार्यकर्ता र जनतासँग नेतृत्व नजिकबाट जोडिएका जस्ता विषयलाई उपलब्धि मानेको छ ।
अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताको उपस्थितिमा पत्रकार सम्मेलन गरेर कार्यक्रम भव्य र सफल भएको जानकारी दिने एमालेको तयारी छ ।केही समयमै अभियानका क्रममा प्राप्त गरेका विषयलाई समेटेर प्रतिवेदन तयार गर्ने र दस्तावेजका रुपमा सार्वजनिक गर्ने एमालेको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न